२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा सिके राउतकाे स्वागत, सुरक्षा गार्ड र मधेशकाे झण्डा प्रदर्शन



अ+ अ-

जनकपुरधाम । मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले अाइतबार जनकपुरमा र्‍याली निकालेको छ ।

विमानस्थलमा उनलाई स्वागत गर्दै समर्थकहरुले र्‍याली निकालेका थिए ।

राउतले र्‍यालीमा स्वतन्त्र मधेसको झण्डा प्रयोग गर्नुका साथै ‘सुरक्षा गार्ड’ पनि प्रदर्शन गरेका छन् । उनीहरुले बुलेट प्रुफजस्तो देखिने ज्याकेट लगाएका थिए भने कालो चश्मा र माक्स लगाएर अनुहार छोपेका छन् ।

प्रहरी भने राउतका सुरक्षा गार्डप्रति माैन रहेकाे थियाे ।

स्वतन्त्र मधेशको झन्डाको प्रयोग

सरकारसँग स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेको गठबन्धनले जनकपुरमा भने गठबन्धनको झण्डा प्रयोग गरिएको छ ।

सरकारसँग भएको ११ बुँदे सम्झौताको बुँदा नम्बर ६ मा झण्डासहित पर्चा, पम्पलेट, किताब उत्पादन तथा बितरण नगरिने उल्लेख गरिए पनि राउतलाई विमानस्थलमा स्वागत गर्न गएका कार्यकर्ताहरुले ‘फ्री मधेस’ को झण्डा बोकेका छन् ।

मास्क लगाएका सुरक्षा गार्ड

राउतको सुरक्षाका लागि भन्दै गार्ड समेत प्रयोग गरिएको छ । राउत विमानस्थलमा आइपुगनु अघि नै त्यहाँ पुगेका उनीहरुले बुलेट प्रुफ ज्याकेटसँगै मास्क लगाएका थिए । उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधिएको, आँखामा चश्मा लगाइएको र मास्कले मुख छोपेका छन् ।

उनीहरुले सिके राउतसँग प्रतिकृया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई समेत रोकेका थिए । उनीहरु कहाँबाट र किन ल्याइएका हुन् ? भन्ने कुरा खुलेको छैन ।

यद्यपि स्वतन्त्र मधेस गठबन्धनका नेताहरुले राउतको अघिपछि भीडभाड हुन नदिन गार्डहरु खटिएको प्रतिक्रिया दिएका छन् ।