२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशै मेरो होइन भन्ने सिके राउतलाई गोली हान्नुपर्छ : दिपकराज



अ+ अ-

काठमाडौँ । कलाकार दिपकराज गिरीले देश विखण्डन गर्न चाहनेहरुलाई गोली ठोक्नुपर्ने बताएका छन् । सोमवार समाजिक संजाल फेसबुकमा गिरीले सिके राउतलाई लक्ष्यित गरेर यस्तो कडा स्टाटस लेखेका हुन् ।

गिरीले लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ । देशै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’

सिके राउतले तीन दिन अगाठिड सरकारसँग अब स्वतन्त्र मधेसको आन्दोलन त्याग्ने भनेर सम्झौता गरेका थिए । तर, सम्झौताको मसी सुक्न नपाउँदै उनको कार्यकर्ताले तर्राइमा स्वतन्त्र तराईको नारा लगाउन थालेका छन् र यसमा राउतकै मौन समर्थन देखिएको छ । यसैलाई लिएर दिपकराजले उक्त स्टाटस लेखेका हुन् ।