८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने जो कोहीलाई कारबाही गरेरै छाड्छु : गृहमन्त्री थापा

देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने जो कोहीलाई कारबाही गरेरै छाड्छु :  गृहमन्त्री थापा
अ+ अ-

बुटवल । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकको शान्ति सुरक्षामा खलल पुर्‍याउने जो कोहीलाई कारबाही गरेरै छाड्ने बताएका छन्।शान्ति सुरक्षा कायम गर्नु सरकारको दायित्व भएको भन्दै त्यसका लागि जुनसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताएका हुन् ।

प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, “शान्ति सुरक्षा कायम गर्नु सरकारको दायित्व हो सरकारले देशमा अमनचैन कायम गर्नको निम्ति जुनसुकै कदम चाल्न सक्छ ।”

नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीतर्फ संकेत गर्दे उनले संविधान र व्यवस्थाको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न सरकार तयार रहेको र उनीहरुलाई निस्तेज बनाउन सरकारले कदम चालिसकेको बताए।

‘पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराउने, जनप्रतिनिधिलाई अपहरण गर्ने, चन्दा असुलीका लागि व्यक्तिलाई धम्क्याउने गरेको छ’ थापाले भने, ‘सरकार अब लाचार भएर बसन सक्दैन् अब कडा रुपमा प्रस्तुत हुन्छ ।’

विखण्डनको नारा लगाउने सीके राउतलाई शान्तिपूर्ण मूलधारमा ल्याएको उनले दावी गरे।
थापाले मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको बताए ।

विखण्डनको नारा लगाइरहेका सीके राउतका कार्यकर्तासम्म सम्झौताको सन्देश पुगिनसकेको कारण समस्या भएको र यसको पनि छिट्टै हल हुने उनको दावी थियो।

सुरक्षा गोष्ठीमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश ५ का प्रमुख सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।