६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैधानिक रुपमा क्रसर चलाएको भन्दै अज्ञात समूहद्वारा आगजनी



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर– ५ गुलरियामा रहेको महाकाली गौरब विल्र्डस क्रसर उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ।

उक्त क्रसर उद्योग सोमबार बिहान १ बजेतिर आगजनी भउको प्रहरीले जनाएको छ । आगजनीबाट उद्योगमा रहेको से १ क २५८ नम्बरको जेसीबी पूर्ण रुपमा जलेको छ।

उद्योग नजिकै इन्कलाव जिन्दावाद लेखिएको पर्चामा फेला परेको छ । उक्त पर्चामा महाकाली गौरब विल्र्डसले गुणस्तरीय काम नगरेको, मजदुरको रकम नदिएको, अवैधानिक रुपमा क्रसर चलाएको लगायतका आरोपहरु लगाएका छन् ।

पर्चामा कमजोरी सच्याउन चेतावनी दिइएको छ।आगजनी कसले गरेको भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझा बताए ।

पेट्रोल छर्केर क्रसर उद्योगमा आगजनी भएको छ, डीएसपी ओझाले भने, घट्नाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले आगजनीमा संलग्न भएकाहरुको खोजि तीब्र पारेको छ। मापदण्ड विपरित क्रसर स्थापना गरेको भन्दै त्यहाँ स्थानीयले विरोध समेत गरेका थिए।