३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैधानिक रुपमा क्रसर चलाएको भन्दै अज्ञात समूहद्वारा आगजनी



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर– ५ गुलरियामा रहेको महाकाली गौरब विल्र्डस क्रसर उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ।

उक्त क्रसर उद्योग सोमबार बिहान १ बजेतिर आगजनी भउको प्रहरीले जनाएको छ । आगजनीबाट उद्योगमा रहेको से १ क २५८ नम्बरको जेसीबी पूर्ण रुपमा जलेको छ।

उद्योग नजिकै इन्कलाव जिन्दावाद लेखिएको पर्चामा फेला परेको छ । उक्त पर्चामा महाकाली गौरब विल्र्डसले गुणस्तरीय काम नगरेको, मजदुरको रकम नदिएको, अवैधानिक रुपमा क्रसर चलाएको लगायतका आरोपहरु लगाएका छन् ।

पर्चामा कमजोरी सच्याउन चेतावनी दिइएको छ।आगजनी कसले गरेको भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझा बताए ।

पेट्रोल छर्केर क्रसर उद्योगमा आगजनी भएको छ, डीएसपी ओझाले भने, घट्नाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले आगजनीमा संलग्न भएकाहरुको खोजि तीब्र पारेको छ। मापदण्ड विपरित क्रसर स्थापना गरेको भन्दै त्यहाँ स्थानीयले विरोध समेत गरेका थिए।




भर्खरै