१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरिया भाषा परीक्षा : आवेदन चैत ८ देखि १७ सम्म, परीक्षा जेठ अन्तिम साता



अ+ अ-

काठमाडौा । कोरियन परिक्षा (इपीएस) मार्फत दक्षिण कोरिया रोजगारीका लागि जान चाहने युवाका लागि भाषा परिक्षाको लागि आवेदन चैतमा पहिलो सातामा खुल्ने भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार हाल कोरियन भाषा पढिरहेका रोजगारीमा जान इच्छुक युवाहरुलाई चैत ८ देखि १७ गतेसम्म परीक्षाका लागि आवेदन खुल्ला गरिएको हो ।

विभागका अनुसार इपीएस कोरिया शाखाले सन् २०१९ लागि भाषा परीक्षा आगामी जुन ९ र १० (जेठ २६ र २७ ) गते सञ्चालन गर्ने भएको छ। यो वर्ष कोरिया सरकारले नेपालबाट १० हजार ५० जना कामदार लिने भएको छ ।

परिक्षार्थीले चैत ८ देखि १७ सम्म फारम भर्नुपर्ने छ । भाषा परीक्षाका लागि फारम अनलाइन प्रणालीबाट फारम भर्ने व्यवस्था गरिएको छ ।

कोरियाले नेपाली बजारबाट कृषि, निर्माण र फिसिङ (माछा मार्ने) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरी सम्झौता भएपनि हाल कोरिया सरकारले भने कृषि, निर्माणमा मात्रै कामदार लिदै आएको छ ।

हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।