१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरिया भाषा परीक्षा : आवेदन चैत ८ देखि १७ सम्म, परीक्षा जेठ अन्तिम साता



अ+ अ-

काठमाडौा । कोरियन परिक्षा (इपीएस) मार्फत दक्षिण कोरिया रोजगारीका लागि जान चाहने युवाका लागि भाषा परिक्षाको लागि आवेदन चैतमा पहिलो सातामा खुल्ने भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार हाल कोरियन भाषा पढिरहेका रोजगारीमा जान इच्छुक युवाहरुलाई चैत ८ देखि १७ गतेसम्म परीक्षाका लागि आवेदन खुल्ला गरिएको हो ।

विभागका अनुसार इपीएस कोरिया शाखाले सन् २०१९ लागि भाषा परीक्षा आगामी जुन ९ र १० (जेठ २६ र २७ ) गते सञ्चालन गर्ने भएको छ। यो वर्ष कोरिया सरकारले नेपालबाट १० हजार ५० जना कामदार लिने भएको छ ।

परिक्षार्थीले चैत ८ देखि १७ सम्म फारम भर्नुपर्ने छ । भाषा परीक्षाका लागि फारम अनलाइन प्रणालीबाट फारम भर्ने व्यवस्था गरिएको छ ।

कोरियाले नेपाली बजारबाट कृषि, निर्माण र फिसिङ (माछा मार्ने) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरी सम्झौता भएपनि हाल कोरिया सरकारले भने कृषि, निर्माणमा मात्रै कामदार लिदै आएको छ ।

हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।