१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङलाई हराउदै हिमालयन शेर्पा माई भ्याली गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश



अ+ अ-

इलाम । हिमालयन शेर्पा क्लब इलाममा चलिरहेको पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा हिमालयनले हङकङ नेप्लिज एकाडेमी क्लबलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । हिमालयको जितमा सुनिल खड्काले तीन, विसन गुरुङ र कप्तान मानबहादुर तामाङ समान एक एक गोल गरेका थिए । यता हङकङको लागि भने समीर लिम्बूले जवाफी गोल गरेका थिए ।

खेलको पहिलो मिनेटमा नै हिमालयन शेर्पा क्लबका सुनिल खड्काले गोलको खाता खोले । आठौँ मिनेटमा पुनः हिमालयनका खड्काले नै दोश्रो गोल गरी अग्रता दोब्बर बनाए । सुरुवातदेखि नै विपक्षीलाई दबाबमा राख्न सफल हिमालयनले ३७ औँ मिनेटमा अग्रता तेब्बर बनायो । हिमालयनका विसन गुरुङले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता बनाए ।

दोश्रो हाफको सुरुवातमा हङकङले एकमात्र जवाफी गोल फर्काउन सफल भएको थियो । ४६ औँ मिनेटमा हङकङका समीर लिम्बूले जवाफी गोल फर्काउँदै खेल ३–१ मा ल्याए । तर दोश्रो हाफमा समेत हिमालयनको दबदबा कायमै रहयो । ६६ औँ मिनेटमा पुनः हिमालयनका सुनिल खड्काले गोल गरी टिमलाई ४–१ अग्रता मात्र दिलाउँदै आफ्नो ह्याट्रिक समेत पूरा गरे । विपक्षीलाई निरन्तर दबाबमा राखेको हिमालयनका कप्तान मानबहादुर तामाङले ७७ औँ मिनेटमा गोल गरी ५–१ सहज जित दिलाएका थिए ।

खेलमा विजेता हिमालयन शेर्पा क्लब सुनिल खड्का म्यान अफ् द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
मंगलबार पहिलो क्वार्टरफाइनमा विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डौ र विदेशी टिम युनाइटेड क्लब दार्जीलिङ भारत प्रतिष्पर्धा गर्नेछन् ।

चैत ५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ  । माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।