२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातका कारण १४ सय पशु मरे



अ+ अ-

मुस्ताङ । झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ ।

मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु परेको भेटिएका छन् । अझै केही भागमा प्रहरीसमेत पुग्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ । हिउँमा कति पशु पुरिएका छन् भन्ने यकिन भएको छैन ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीका अनुसार लोमान्थाङ गाउँपालिका ३, ४ र ५ मा मात्र अहिलेसम्म एक हजार चार सय पशु मरेको अवस्थामा भेटिएका छन् । लोमान्थाङ गाउँपालिका १ र २ मा क्षतिको विवरण आउन सकेको छैन । ती वडामा पनि सयौँको संख्यामा पशु् मरेको अनुमान गरिएको उनले बताए । ‘किसानले निकै क्षति बेहोर्नु परेको छ । हिमपातले पशुपालनमा ठुलो नोक्सान पुर्याएको छ,’ रेग्मीले भने, ‘लामो समयको हिमपातले गर्दा आहाराबिहीन भएका पशु भोकभोकै मरेका छन् ।’ यो समाचार नागिरक दैनिकमा प्रकाशित छ ।