१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातका कारण १४ सय पशु मरे



अ+ अ-

मुस्ताङ । झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ ।

मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु परेको भेटिएका छन् । अझै केही भागमा प्रहरीसमेत पुग्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ । हिउँमा कति पशु पुरिएका छन् भन्ने यकिन भएको छैन ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीका अनुसार लोमान्थाङ गाउँपालिका ३, ४ र ५ मा मात्र अहिलेसम्म एक हजार चार सय पशु मरेको अवस्थामा भेटिएका छन् । लोमान्थाङ गाउँपालिका १ र २ मा क्षतिको विवरण आउन सकेको छैन । ती वडामा पनि सयौँको संख्यामा पशु् मरेको अनुमान गरिएको उनले बताए । ‘किसानले निकै क्षति बेहोर्नु परेको छ । हिमपातले पशुपालनमा ठुलो नोक्सान पुर्याएको छ,’ रेग्मीले भने, ‘लामो समयको हिमपातले गर्दा आहाराबिहीन भएका पशु भोकभोकै मरेका छन् ।’ यो समाचार नागिरक दैनिकमा प्रकाशित छ ।