२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरमा ‘स्मार्ट’ शौचालय



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरभित्र अत्याधुनिक सुविधासहितको ‘स्मार्ट’ शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बनेको समितिले शौचालयहरुलाई सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त बनाउन अन्तिम खाका तयार गरेको छ ।

समिति बैठकले नयाँ बन्ने ५९ र पुराना ५८ शौचालयबारे गरिएका अध्ययन प्रतिवेदनका आधारमा कार्य अघि बढाइएको उपमेयर श्रेष्ठले बताइन् ।

महानगरभित्रका हरेक सार्वजनिक शौचालयमा सेनेटरी प्याड, पर्याप्त पानी , बत्ती र शौच गर्ने ठाउँ सुविधाजनक हुने जनाइएको छ । नयाँ बन्ने शौचालय धेरै जग्गा भएको स्थानमा महिला, पुरुष र अपागंका लागि फरकफरक निर्माण गरिने उल्लेख छ ।

जग्गा कम भएका स्थानमा संयुक्त ढाँचाको शौचालय बन्ने प्रतिवेदनमा उल्लेख छ । आजको कान्तिपुर दैनिका समाचार छ ।