१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरमा ‘स्मार्ट’ शौचालय



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरभित्र अत्याधुनिक सुविधासहितको ‘स्मार्ट’ शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बनेको समितिले शौचालयहरुलाई सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त बनाउन अन्तिम खाका तयार गरेको छ ।

समिति बैठकले नयाँ बन्ने ५९ र पुराना ५८ शौचालयबारे गरिएका अध्ययन प्रतिवेदनका आधारमा कार्य अघि बढाइएको उपमेयर श्रेष्ठले बताइन् ।

महानगरभित्रका हरेक सार्वजनिक शौचालयमा सेनेटरी प्याड, पर्याप्त पानी , बत्ती र शौच गर्ने ठाउँ सुविधाजनक हुने जनाइएको छ । नयाँ बन्ने शौचालय धेरै जग्गा भएको स्थानमा महिला, पुरुष र अपागंका लागि फरकफरक निर्माण गरिने उल्लेख छ ।

जग्गा कम भएका स्थानमा संयुक्त ढाँचाको शौचालय बन्ने प्रतिवेदनमा उल्लेख छ । आजको कान्तिपुर दैनिका समाचार छ ।