१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज, सप्तरीमा कार्यरत कर्मचारी नायब सुब्बा राम नारायण शर्मा र कम्प्युटर अपरेटर राजेश कुमार साहविरुद्ध मुद्दा दायर गरिएको छ ।

शर्मा र साहले मोही जग्गाको बाँडफाँड भई श्रेस्ता कायम गरी जग्गा धनीपुर्जा बनाइदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकममाग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानआयोगको कार्यालय, इटहरीबाटखटिई गएको टोलीले तीन हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका बरिष्ठ अधिकृत सातौं तहका मित्रलाल पौडेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ । पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनगर्दा विहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको खुलेको हो ।

पौडेलले बरिष्ठ अधिकृत सातौं तह पदमा बढुवा नियुक्ति लिई लाभ तथा सुविधा समेत लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निजविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।