१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिनेदिन जिदान रियल मड्रिडको प्रशिक्षकमा फर्किए, सोलारी बर्खास्त



अ+ अ-

काठमाडौँ । जिनेदिन जिदानले फेरि रियल मड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनले गत मे महिनामा रियल मड्रिडको प्रशिक्षक पद त्यागेका थिए ।

त्यसपछि प्रशिक्षकको जिम्मेवारी सान्टियागो सोलारीले पाएका थिए । तर, उनको प्रशिक्षणमा रियल मड्रिडले राम्रो खेल प्रदर्शन गर्न सकेन । त्यसको पछिल्लो उदाहरण हालै रियल मड्रिड अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।

गत मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४(१ गोलअन्तरले पराजित भयो र समग्रमा ५(३ गोल अन्तरले पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरियो । रियल मड्रिड पछिल्लो २२ वर्षमा अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो ।

त्यसपछि क्लबका अध्यक्ष फ्लोरेन्टिनोले सोलारीलाई प्रशिक्षकबाट हटाएर जिदानलाई फर्काएका हुन् । जिदानले रियल मड्रिडसँग सन् २०२२ सम्म सम्झौता गरेका छन् ।

४६ वर्षीय जिदान रियल मड्रिडका पूर्व मिडफिल्डर हुन् । उनले रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग फुटबलको उपाधी दिलाएका थिए ।