१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सांसद भन्छिन् : ‘चौकीदार होइन प्रधानमन्त्री चुनौँ, चौकीदार नेपालबाट मगाऔँ’



अ+ अ-

काठमाडौँ । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् ।

उनले आफ्नो ट्वीटमा लेखेकी छिन्

प्रिय भारतवासी,

कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।

चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।

नेपालका चौकीदार चोर हुँदैनन् ।

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ ।

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी छिन् ।