१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिदानले २०२२ सम्मको सम्झौता गरे



अ+ अ-

काठमाडौँ । रियल मड्रिडको प्रशिक्षक पदमा फर्किन राजी भएका जिनेदान जिदानले २०२२ सम्मको सम्झौता गरेका छन् । क्लबका लिजेन्ड तथा पूर्व टिममेट राहुल र रोबर्टो कार्लोसका साथमा पत्रकारसम्मेलनमा उपस्थित भएका उनलाई अध्यक्ष फ्लोनेन्टिनो पेरेजले स्वागत गरे ।

जिदान विश्वकै उत्कृष्ट प्रशिक्षक भएको भन्दै पेरेजले क्लबमा फर्किएकोमा खुसी व्यक्त गरे ।

जिदानले पनि आफ्ना लागि विशेष दिन भएको बताए । ‘मलाई भन्नु केही छैन । फर्किँदा खुसी छु र काम गर्न चाहन्छु’ उनले भनेका छन्, ‘म धेरै टाढा पनि गएको थिइनँ, यहीँ बस्थे । तर, म यो क्लब र टिमका लागि काम गर्न पाउँदा खुसी छु ।’

तर, पछिल्लो समयमा के परिर्वतन आयो, जसका कारण उनी फेरि मड्रिड फर्किन तयार भए भन्ने जवाफ छैन ।

‘मैले क्लब छाडेँ किनभने यो मलाई चाहिएको थियो । क्लबका लागि समय थिएन तर, टिममा सबै जितेपछि यो आवश्यकता थियो’ जिदानले अघि भने, म फर्किएँ किनभने अध्यक्षमलाई बोलाउनु भयो र म क्लब र अध्यक्षलाई माया गर्छु ।’

मड्रिड छाडेको ८ महिनापछि पुनः प्रशिक्षक हुने निष्कर्षमा पुगेको उनले सुनाए ।

जिदानले लगातार तीन सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । उनी क्लबमा फर्किँदा त्यसबेलामा महत्वपूर्ण सदस्य क्रिष्टियानो रोनाल्डो छैनन् । जिदानले भनेका छन्, ‘रोनाल्डो को हुन् सबैलाई थाहा छ । उनी क्लबका इतिहास हुन् । उनी उत्कृष्ट थिए, यसलाई परिवतर्न गर्न सकिँदैन ।’