१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानविरुद्ध नेपाल ४–४–२ को फर्मेसनमा मैदानमा उत्रिदै



अ+ अ-

विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उट्घाटन खेलमा भुटानविरुद्ध निरु थापाको कप्तानीमा नेपाल मैदानमा उत्रिदैछ ।

विराटनगरस्थित शहिद रंगशालामा केहीबेरमा सुरु हुने खेलमा नेपालको कप्तान निरुले सम्हाल्ने भएकी हुन् । भुटानविरुद्ध नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने भएको छ ।

अहिलेसम्म भुटानले नेपाललाई पराजित गर्न सकेको छैन । सन् २०१६ मा भारतमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि ८–० गोलअन्तरले पराजित गरेपश्चात पहिलो पटक भेट हुन लागेको हो । त्यो खेलमा नेपालकी सावित्रा भण्डारीले डबल ह्याट्रिक गोल गरेकी थिइन् ।

नेपाली टिम

गोलकिपर – एञ्जिला सुब्बा

डिफेन्डर – हिरा भुजेल, गीता राना, अमृता जैसी, मनमाया लिम्बु

मिडफिल्डर – अनिता बस्नेत, दिपा राई, मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी

फरवार्ड – निरु थापा (कप्तान), सावित्रा भण्डारी