१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी र पहिरोमा परी एघारको मृत्यु



अ+ अ-

साओ पाउलो । ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

आइतबार राती परेको भीषण वर्षापछि पाँच व्यक्ति डुबेर मरेका र अन्य छ सो वर्षापछि गएको पहिरो परी मारिएका सरकारी स्रोतले जानकारी दिएको छ ।

भारी वर्षाको कारण साओ पाउलोमा एक शहरबाट अर्को शहरमा जाने सडकमार्ग अवरुद्ध भएको बताइएको छ । साओ पाउलोका कार्यबाहक मेयर इदुवार्दो तुमाले एक रातमा मार्च महिनाभरी पर्ने वर्षाको ८० प्रतिशत वर्षा भएको बताउनु भएको छ ।

अझै पनि वर्षा जारी रहने मौसम विज्ञहरुले जानकारी दिएका छन् ।