१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वरोजगारका लागि सीपमूलक तालीम



अ+ अ-

गलकोट । बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा क्रियाशील धौलागिरि ग्रामीण स्रोत विकास केन्द्र (डिआइआरडिसी) ले दुई वर्षदेखि विभिन्न सीपमूलक तालीम सञ्चालन गर्दै आएको छ ।

पुरुषलाई प्लम्बर तथा महिलालाई सिलाइकटाइ तालीम प्रदान गरिएको विकास केन्द्रले जनाएको छ । दैनिक सयौँ युवा विदेश जान थालेपछि नेपालमै स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालीम सञ्चालन गर्दै आएको धौलागिरि ग्रामीण स्रोत विकास केन्द्रका अध्यक्ष केवी रानामगरले बताउनुभयो । “सीप भएको मानिस कहिलै भोकै बस्नु पर्दैन”, उहाँले भन्नुभयो ।

संस्थाले ३० जनालाई सिलाइकटाइ तथा २० जनालाई प्लम्बर तालीम दिनेछ । कार्यक्रम प्रमुख शालिकराम शर्माका अनुसार समयको मागअनुसार तालीम सञ्चालन गरी सीपयुक्त जनशक्ति तयार गर्नु मुख्य उद्देश्य रहेको छ । सन् २०१८ मा ११४ जनालाई प्लम्बर तथा सिलाइकटाइको तालीम प्रदान गरिएको थियो ।