१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वरोजगारका लागि सीपमूलक तालीम



अ+ अ-

गलकोट । बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङमा क्रियाशील धौलागिरि ग्रामीण स्रोत विकास केन्द्र (डिआइआरडिसी) ले दुई वर्षदेखि विभिन्न सीपमूलक तालीम सञ्चालन गर्दै आएको छ ।

पुरुषलाई प्लम्बर तथा महिलालाई सिलाइकटाइ तालीम प्रदान गरिएको विकास केन्द्रले जनाएको छ । दैनिक सयौँ युवा विदेश जान थालेपछि नेपालमै स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालीम सञ्चालन गर्दै आएको धौलागिरि ग्रामीण स्रोत विकास केन्द्रका अध्यक्ष केवी रानामगरले बताउनुभयो । “सीप भएको मानिस कहिलै भोकै बस्नु पर्दैन”, उहाँले भन्नुभयो ।

संस्थाले ३० जनालाई सिलाइकटाइ तथा २० जनालाई प्लम्बर तालीम दिनेछ । कार्यक्रम प्रमुख शालिकराम शर्माका अनुसार समयको मागअनुसार तालीम सञ्चालन गरी सीपयुक्त जनशक्ति तयार गर्नु मुख्य उद्देश्य रहेको छ । सन् २०१८ मा ११४ जनालाई प्लम्बर तथा सिलाइकटाइको तालीम प्रदान गरिएको थियो ।