१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ :नेपालद्धारा भुटान पराजित



अ+ अ-

विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालले पहिलो खेलमै भुटानलाई ३–० गोलले पराजित गरेको हो ।

विराटनगरको सहिद रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल गर्न सफल भयो । नेपालका लागि मञ्जलीकुमारी योञ्जन,सावित्रा भण्डारी र कप्तान निरु थापाले समान एक एक गोल गरे ।

खेलको १३ औँ मिनेटा मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै अग्रता दिलाउन सफल भएकी थिइन् । त्यसको तीन मिनेट नबित्दै सावित्रा भण्डारीले गोल गरेपछि नेपालले २–० को अग्रता बनाउन सफल भयो ।

खेलको दोस्रो हाफमा पनि नेपालले आक्रमक खेल्यो । खेलको ५४ औँ मिनेटमा निरु थापाले बललाई जाली चुमाउँदै अग्रता ३–० मा पुर्‍याउन सफल भएकी हुन् ।