१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ :नेपालद्धारा भुटान पराजित



अ+ अ-

विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालले पहिलो खेलमै भुटानलाई ३–० गोलले पराजित गरेको हो ।

विराटनगरको सहिद रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल गर्न सफल भयो । नेपालका लागि मञ्जलीकुमारी योञ्जन,सावित्रा भण्डारी र कप्तान निरु थापाले समान एक एक गोल गरे ।

खेलको १३ औँ मिनेटा मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै अग्रता दिलाउन सफल भएकी थिइन् । त्यसको तीन मिनेट नबित्दै सावित्रा भण्डारीले गोल गरेपछि नेपालले २–० को अग्रता बनाउन सफल भयो ।

खेलको दोस्रो हाफमा पनि नेपालले आक्रमक खेल्यो । खेलको ५४ औँ मिनेटमा निरु थापाले बललाई जाली चुमाउँदै अग्रता ३–० मा पुर्‍याउन सफल भएकी हुन् ।