८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

नक्कली शैक्षिक प्रमाणपत्र, २ जनामाथि विशेष अदालतमा मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र, २ जनामाथि विशेष अदालतमा मुद्दा दायर
अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले जिल्ला समन्वय समितिको कार्यालय, कैलाली, धनगढीका नायव सुब्बा जगदिश बहादुर शाहको इन्टरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ ।

अायाेगका प्रवक्ता रामेश्वर दंगालका अनुसार, शाहले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, इलाहाबाद, उत्तरप्रदेश भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी नायव सुब्बा र अधिकृत छैठौ पदमा बढुवा समेत भई लाभ तथा सुविधा समेत लिएको पुष्टि भएकाे छ ।

निजमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी गरिएको पनि अायाेगले जनाएकाे छ ।


यसैगरी, महेन्द्र मन्दिर माध्यमिक विद्यालय, परेवाडाँडा, लमजुङमा कार्यरत शिक्षक लोकनाथ तिवारीले लोकनाथ तिवारीले भारतकाे बिहार परीक्षा बाेर्ड, पटनाबाट ईन्टरमिडीयट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू बनाएकाे भन्दै विशेष अदालतमा अाराेप पत्र दायर गरिएकाे अायाेगले जनाएकाे छ ।

अायाेगका अनुसार, सोही नक्कली प्रमाणपत्रको आधारमा नेपालबाट बि.एड. समेत पास गरी उक्त नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरी अस्थायी शिक्षकको नियुक्ती पाई सो विद्यालय र सूर्योदय आधारभुत विद्यालयमा कार्यरत रहि लाभ तथा सुविधा समेत लिएको पुष्टि भएकाे अनुसन्धानबाट थाहा भएकाे छ ।

शिक्षक तिवारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदाबी गरिएकाे छ ।