१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शैक्षिक प्रमाणपत्र, २ जनामाथि विशेष अदालतमा मुद्दा दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले जिल्ला समन्वय समितिको कार्यालय, कैलाली, धनगढीका नायव सुब्बा जगदिश बहादुर शाहको इन्टरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ ।

अायाेगका प्रवक्ता रामेश्वर दंगालका अनुसार, शाहले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, इलाहाबाद, उत्तरप्रदेश भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी नायव सुब्बा र अधिकृत छैठौ पदमा बढुवा समेत भई लाभ तथा सुविधा समेत लिएको पुष्टि भएकाे छ ।

निजमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी गरिएको पनि अायाेगले जनाएकाे छ ।


यसैगरी, महेन्द्र मन्दिर माध्यमिक विद्यालय, परेवाडाँडा, लमजुङमा कार्यरत शिक्षक लोकनाथ तिवारीले लोकनाथ तिवारीले भारतकाे बिहार परीक्षा बाेर्ड, पटनाबाट ईन्टरमिडीयट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू बनाएकाे भन्दै विशेष अदालतमा अाराेप पत्र दायर गरिएकाे अायाेगले जनाएकाे छ ।

अायाेगका अनुसार, सोही नक्कली प्रमाणपत्रको आधारमा नेपालबाट बि.एड. समेत पास गरी उक्त नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरी अस्थायी शिक्षकको नियुक्ती पाई सो विद्यालय र सूर्योदय आधारभुत विद्यालयमा कार्यरत रहि लाभ तथा सुविधा समेत लिएको पुष्टि भएकाे अनुसन्धानबाट थाहा भएकाे छ ।

शिक्षक तिवारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदाबी गरिएकाे छ ।