८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

ब्रेक्जीट सम्झाैता प्रस्ताव बेलायती संसद्वारा फेरि अस्वीकृत

ब्रेक्जीट सम्झाैता प्रस्ताव बेलायती संसद्वारा फेरि अस्वीकृत
अ+ अ-

लन्डनः बेलायती संसद हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत नयाँ प्रस्ताव बहुमतले अस्वीकृत गरेकाे छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएकाे यस्तै प्रस्ताव पनि अस्वीकृत गरेकाे थियाे ।

अागामी मार्च २९ मा बेलायत युराेपेली युनियनबाट बाहिरिने छ । अर्थात उक्त मितिदेखि इयूका नियमहरू बेलायतमा लागू हुने छैनन् । त्यसअघि नै इयूसँग सम्झाैता गर्ने प्रधानमन्त्री मेकाे दाेस्राे प्रस्ताव असफल भएकाे हाे ।

मंगलबार राति भएकाे मतदानमा प्रधानमन्त्रीकाे प्रस्ताव ३९१-२४२ ले अस्वीकृत भयाे । प्रधानमन्त्री मेले नयाँ प्रस्तावमा इयूबाट कानुनी प्रत्याभूति प्राप्त भएकाे भन्दै संसदले अाफ्नाे प्रस्ताव स्वीकृत हुने विश्वास व्यक्त गर्नुभएकाे थियाे ।

खासगरी, इयूकाे सदस्य राष्ट्र अायरल्यान्ड र बेलायतकाे प्रान्तकाे रूपमा रहेकाे उत्तरी अायरल्यान्डबीचकाे सीमा खुला राख्ने, बन्द गर्ने वा अांशिक खुला गर्ने भन्नेमा बेलायती संसदमा मतान्तर छ ।

अायरल्यान्ड र उत्तरी अायरल्यान्डबीच सीमा खुला राख्दा इयूका नियमहरू बेलायतले पनि मान्नुपर्ने कानुनी जटिलता उत्पन्न हुने एकथरि सांसदकाे मत छ । दुबै अायरल्यान्डबीच सदियाैंदेखि खुला सीमा र स्वतन्त्र अावागमन छ ।

अब इयूसँग सम्झाैता नगरीकनै बेलायत इयूबाट बहिर्गमन हुनुपर्ने बाध्यता उत्पन्न हुँदैछ । संसदमा बिहीबार ब्रेक्जीटकाे समयसीमा मार्च २९ लाइ बढाएर अरू तीन महिना थप्ने कि भन्ने विषयमा फेरि मतदान हुँदैछ ।

इयूसँग कुनै किसिमकाे संझाैता बेगर नै बेलायत इयूबाट बाहिरिए बेलायतकाे अर्थतन्त्रमा ठूलाे समस्या अाउने विश्लेषण गरिएकाे छ ।