१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेक्जीट सम्झाैता प्रस्ताव बेलायती संसद्वारा फेरि अस्वीकृत



अ+ अ-

लन्डनः बेलायती संसद हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत नयाँ प्रस्ताव बहुमतले अस्वीकृत गरेकाे छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएकाे यस्तै प्रस्ताव पनि अस्वीकृत गरेकाे थियाे ।

अागामी मार्च २९ मा बेलायत युराेपेली युनियनबाट बाहिरिने छ । अर्थात उक्त मितिदेखि इयूका नियमहरू बेलायतमा लागू हुने छैनन् । त्यसअघि नै इयूसँग सम्झाैता गर्ने प्रधानमन्त्री मेकाे दाेस्राे प्रस्ताव असफल भएकाे हाे ।

मंगलबार राति भएकाे मतदानमा प्रधानमन्त्रीकाे प्रस्ताव ३९१-२४२ ले अस्वीकृत भयाे । प्रधानमन्त्री मेले नयाँ प्रस्तावमा इयूबाट कानुनी प्रत्याभूति प्राप्त भएकाे भन्दै संसदले अाफ्नाे प्रस्ताव स्वीकृत हुने विश्वास व्यक्त गर्नुभएकाे थियाे ।

खासगरी, इयूकाे सदस्य राष्ट्र अायरल्यान्ड र बेलायतकाे प्रान्तकाे रूपमा रहेकाे उत्तरी अायरल्यान्डबीचकाे सीमा खुला राख्ने, बन्द गर्ने वा अांशिक खुला गर्ने भन्नेमा बेलायती संसदमा मतान्तर छ ।

अायरल्यान्ड र उत्तरी अायरल्यान्डबीच सीमा खुला राख्दा इयूका नियमहरू बेलायतले पनि मान्नुपर्ने कानुनी जटिलता उत्पन्न हुने एकथरि सांसदकाे मत छ । दुबै अायरल्यान्डबीच सदियाैंदेखि खुला सीमा र स्वतन्त्र अावागमन छ ।

अब इयूसँग सम्झाैता नगरीकनै बेलायत इयूबाट बहिर्गमन हुनुपर्ने बाध्यता उत्पन्न हुँदैछ । संसदमा बिहीबार ब्रेक्जीटकाे समयसीमा मार्च २९ लाइ बढाएर अरू तीन महिना थप्ने कि भन्ने विषयमा फेरि मतदान हुँदैछ ।

इयूसँग कुनै किसिमकाे संझाैता बेगर नै बेलायत इयूबाट बाहिरिए बेलायतकाे अर्थतन्त्रमा ठूलाे समस्या अाउने विश्लेषण गरिएकाे छ ।