१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय खोज्दै पूर्व न्यायाधीश



अ+ अ-

काठमाडौं – एक पूर्व न्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन् । पूर्व न्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन् ।

उच्च अदालत पाटनबाट डेढ वर्षअघि सेवानिवृत्त भएका न्यायाधीश जोशीले आफ्नो जग्गा जबर्जस्ती लिन खोजेको दाबीसहित खिचोला मेटाइ पाऊँ भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् । काठमाडौं २ लाजिम्पाटमा मेयर शाक्य दाजुभाइ र पूर्वन्यायाधीश जोशीको साँध जोडिएको जग्गा छ। त्यसै जग्गामा विवाद हुँदा उनी अदालत पुगेका हुन् ।

शाक्यको जग्गामा पुग्न जोशीको जग्गा हुँदै बाटो लैजानुपर्ने भएकाले व्यक्तिगत प्रयोजनका लागि जग्गा मिचिन लागेको भन्दै उनी अदालत पुगेका हुन् । जोशीले आफ्नो जग्गामा पर्खाल लगाउन खोज्दा राजनीति र शक्तिको आडमा मेयरका दाजुले काम गर्न नदिएको आरोप लगाए ।

‘उनको जग्गामा मोटरबाटो पुर्याउने प्रयास गर्दा मेरो जग्गा मिचिने भएकाले म न्यायका लागि अदालत आएको हुँ’, पूर्वन्यायाधीश जोशीले भने । बाटोले काटेको जग्गा आफूलाई अर्को तर्फबाट दिनुपर्ने जोशीले माग गरेका छन् । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।