१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदसँग आज संसदमा अर्थमन्त्री र वनमन्त्रीको प्रश्नोत्तर



अ+ अ-

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री र वनमन्त्रीको प्रश्नोत्तर हुने भएको छ । बैठकको दिउँसो १२ बजे बस्दैछ ।

संसदमा अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न सोध्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र अर्थमन्त्री डा.युवराज खतिवडाले सांसदले सोधेका प्रश्नको जवाफ दिनेछन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट निर्वाचन आयोगको आर्थिक वर्ष २०७४ ०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।