१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक जिमेलमा देखापर्यो समस्या



अ+ अ-

काठमाडौँ । बुधबार बिहानैदेखि जिमेलमा संसारभर नै समस्या देखिएको छ । संसारभरीका जिमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी गराइरहेका छन् ।

प्रयोगकर्ताको जिमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ ।केहीबेर खुले पनि राम्रोसँग नखुल्ने, इमेल पठाउन र प्राप्त भएका इमेल हेर्न नमिल्ने समस्या देखिएको छ ।

जीमेलमा प्राप्त भएका मेसेज डाउनलोड एवं फरवार्ड केही गर्न नमिलेको प्रयोगकर्ताको गुनासो छ ।