१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौता खारेज नगरे प्रम ओलीको कुर्सीमा बम पड्काइन्छ : सभापति ढकाल



अ+ अ-

काठमाडौँ । नेपालबाट मधेशलाई टुक्रयाउनु पर्छ भन्दै अभिव्यक्ती दिने डा.सिके राउतविरुद्ध नेपाल
विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । सरकारले राउतसँग ११ बुँदे सम्झौता गरेको थियो ।

नेविसंघ आरआर क्याम्पस इकाइ सभापति सन्जीव ढकालको नेतूत्वमा राजधानीको प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै सरकारविरुद्ध सडकमा टायर समेत बालेको थियो । सभापति ढकालले कम्युनिस्ट सरकारले तत्काल राउतसँग गरेको सम्झौता खारेज नगरे सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

‘सम्झौता खारेजी नभए नेविसंघको अगुवाइमा प्रधानमन्त्रीको कुर्सीमा बम पड्काइन्छ,”ढकालले भने”, सरकार स्वयम देश टुक्र्याउने खेलमा लागेको छ । सम्झौता खारेज नगरे सडक मात्र होइन शसस्त्र संघर्ष गर्न तयारीमा छौं ।’

कोणसभामा सभापति ढकाल सहित नेविसंघका सयौ जना नेता कार्यकर्ताको सहभागिता थियो । विद्यार्थीहरुले आरआर, नेपाल ल, पद्मकन्या, बाल्मीकी लगायतका कलेज अगाडी प्रदर्शन गर्दै आइरहेका छन् ।