१६ भाद्र २०८३, मंगलवार
,
Latest
प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाद्धारा प्रतिनिधिसभाको बैठक अवरुद्ध, मुद्दा रेशम चौधरी



अ+ अ-

काठमाडौँ । राजपाले मधेस र थरुहट आन्दोलनका बेला राज्यपक्ष र आन्दोलनकारी पक्षबाट भएको मानवअधिकार हननका विषयमा सत्यतथ्य छानविन गर्न गठिट टोलीले बनाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । राजपाले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय गीत पछि बैठक प्रारम्भ भएको सभामुखले भन्न नपाउँदै राजपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

त्यसपछि सभामुखले बोल्न समय दिनुभएपछि राजपा सांसद राजकिसोर यादवले गिरिशचन्द्र लालको नेतृत्वमा २०७३ असोज २ गते गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद बैठक अवरोध गरिरहने बताए।

आयोगले २०७४ माघ २९ गते सरकारलाई प्रतिवेदन बुझाएको भए पनि सरकारले आयोगको प्रतिवेदन अझैसम्म पनि सार्वजनिक गरेको छैन ।

सभामुक कृष्णबहादुर महराले पटक पटक बस्न र बैठकको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।