१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : बार्सिलोनाविरुद्ध लिओन, लिभरपुलविरुद्ध बायर्न म्युनिख मैदान उत्रदैं



अ+ अ-

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति प्रिक्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । राति पौने दुई बजे हुने खेलमा स्पेनिस लिग लिडर बार्सिलोना फ्रेन्च क्लब ओलम्पिक लियोनसँग खेल्दैछ भने इंग्लिस क्लब लिभरपुल जर्मनको लिडर बायर्न म्युनिखसँग खेल्दैछ ।

यस अघिका दुबै खेलका पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । यो खेलको विजेता क्वार्टरफाइनलमा पुग्नेछन् ।

राम्रो फर्ममा रहेको बार्सिलोना आफ्नै मैदान नोउ क्याम्पमा दोस्रो लेग खेल्दैछ । घरेलु मैदान र समर्थकको साथका कारण पनि बार्सिलोनालाई दाबेदारको रुपमा हेरिएको छ । लियोनसँग पहिलो लेगमा गोलरहित नतिजा हात पारेपछि बार्सिलोनाले खेलको सबै चार खेलमा जित हात पारेको छ । जसमा रियल मड्रिडविरुद्धको दुई जित पनि छ ।

सन् २०१३ मा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोनाले घरेलु मैदानमा च्याम्पियन्स लिगको कुनै पनि खेल हारेको हारेको छैन् । २६ खेल खेल्दा बार्सिलोनाले २६ मा जित र तीनमा बराबरीको नतिजा निकालेको छ । त्यसको विपरित लियोन भने कमजोर स्थितिमा छ ।