१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : बार्सिलोनाविरुद्ध लिओन, लिभरपुलविरुद्ध बायर्न म्युनिख मैदान उत्रदैं



अ+ अ-

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति प्रिक्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । राति पौने दुई बजे हुने खेलमा स्पेनिस लिग लिडर बार्सिलोना फ्रेन्च क्लब ओलम्पिक लियोनसँग खेल्दैछ भने इंग्लिस क्लब लिभरपुल जर्मनको लिडर बायर्न म्युनिखसँग खेल्दैछ ।

यस अघिका दुबै खेलका पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । यो खेलको विजेता क्वार्टरफाइनलमा पुग्नेछन् ।

राम्रो फर्ममा रहेको बार्सिलोना आफ्नै मैदान नोउ क्याम्पमा दोस्रो लेग खेल्दैछ । घरेलु मैदान र समर्थकको साथका कारण पनि बार्सिलोनालाई दाबेदारको रुपमा हेरिएको छ । लियोनसँग पहिलो लेगमा गोलरहित नतिजा हात पारेपछि बार्सिलोनाले खेलको सबै चार खेलमा जित हात पारेको छ । जसमा रियल मड्रिडविरुद्धको दुई जित पनि छ ।

सन् २०१३ मा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोनाले घरेलु मैदानमा च्याम्पियन्स लिगको कुनै पनि खेल हारेको हारेको छैन् । २६ खेल खेल्दा बार्सिलोनाले २६ मा जित र तीनमा बराबरीको नतिजा निकालेको छ । त्यसको विपरित लियोन भने कमजोर स्थितिमा छ ।