१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारले स्वागत योग्य काम गरेको छ : सभापति देउवा



अ+ अ-

मोरङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु स्वागत योग्य काम गरेको बताएका छन् । उनले सार्वजनिक तथा निजी सम्पतिमाथि क्षति र नागरिकमा त्रास फैलाउने समूहलाई निस्क्रिय पार्नु राम्रो काम भएको बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार संक्षिप्त कुरा गर्दै देउवाले सरकारले विप्लव नेतृत्वलाई बन्देज लागएपनि सरकार ठाँउ ठाउँमा चुकेको आरोप लगाए । त्यस्तै देउवाले विखण्डनवादी सोचका सीके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताए ।

तर सिके राउतसाग गरिएको ११ बुँदे सम्झौतामा देशमा जनमत सङ्ग्रह दुर्भाग्य हुने उनले जिकिर गरे ।