१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि नेपाल बन्द !



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली नेपाल बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी ओली सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएपछि बन्दको घोषण गरेको हो ।

सरकारले विप्लव समूहमाथि मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । बैठकमा उक्त समूहले सार्वजनिक तथा निजी सम्पतिमा तोडफोड र नागरिकमा त्रास फैलाएको, सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा उठाएको लगायत एक दर्जनभन्दा बढि आरोप लगाएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले वार्तामा समेत बोलाउँदा नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी गराएका थिए ।