१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा दोहोरो अंकको गिरावट



अ+ अ-

काठमाडौँ । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केहि दिन यता सुधारको दिशामा देखिएको बजार बुधबार १३ दशमलव १६ अंकले ओरालो लागेको हो ।

बजार १३ दशमलव १६ अंकले ओरालो लाग्दा नेप्से परिसूचक १ हजार १ सय ५० दशमलव १० अंकमा झरेको छ । यस अघि मंगलबारको कारोबारमा नेप्से परिसूचक २० अंक भन्दा बढीले उकालो लागेको थियो ।


बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममासमेत ठूलो गिरावट आएको छ । दिनभर भएका ५ हजार ९ सय १७ कारोबारबाट विभिन्न कम्पनीका १३ लाख २७ हजार ६३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३७ करोड ६७ लाख ४८ हजार ९ सय ५४ रुपैयाँ पुगेको छ ।

मंगलबारको तुलनामा करिब १६ करोडले कारोबार रकम कमी हो । मंगलबार करिब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

बुधबार कारोबार रकमको आधारमा सबैभन्दा अग्रस्थानमा नागरिक लगानी कोष देखिएको छ । कोषले लाभांश घोषणा गरेपछि यसको कारोबार उच्च भएको हो । दोस्रो स्थानमा भने नेपाल क्रेडिट एणड कमर्श बैंक देखिएको छ ।