१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ समूहमाथि लगाइएको प्रतिबन्ध निन्दनीय छ : क्रान्तिकारी माओवादी



अ+ अ-

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ । राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने भन्दै तत्काल सरकारकारको कदम सच्याउन माग गरेको हो ।

अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकले अनआवश्यक रुपमा हुने धरपकड तथा यातना दिने कामलाई अविलम्ब रोकी प्रतिबन्ध फिर्ता लिन सरकारसँग माग गरेको छ ।

उसले भनेको छ ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । बैठकमा उक्त समूहले सार्वजनिक तथा निजी सम्पतिमा तोडफोड र नागरिकमा त्रास फैलाएको, सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा उठाएको लगायत एक दर्जनभन्दा बढि आरोप लगाएको थियो ।