१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ : डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत



अ+ अ-

बिराटनगर । डिफेन्डिङ च्याम्पियन भारतले साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

विराटनगरको शहिद रंगशालामा आज (बुधबार) भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको हो । । भारतको जितमा सन्जुले दुई गोल गरिन् । ग्रेस डङमे, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले समान एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा नै ग्रेसले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । खेलको १३औं मिनेटमा सन्धियाले गोल गर्दै भारतलाई २–० गोलको अग्रता दिलाएकी थिइन् । त्यस्तै, खेलको २२औं मिनेटमा इन्दुमाथीले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् ।

खेलको २७औं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई ४ण्० गोलको अग्रता दिलाएकी थिइन् भने पहिलो हाफको अन्तिम समयमा रतनबाला देवीले गोल गर्दै पहिलो हाफसम्म भारतलाई ५–० गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा पाँच गोलको फराकिलो गोलअन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा आफ्नो दबाबलाई कायमै राखेपनि एक गोल मात्रै गर्न सफल भएको थियो । माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो ।

खेलको ९०औं मिनेटमा भारतका लागि सन्जुले गोल गर्दै ६–० गोलको जित दिलाएकी हुन् ।

यसअघिका सबै चार संस्करणको च्याम्पियन भारतले तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई दबाबामा राखेको छ । भारतले एकपछि अर्को आक्रमण बुन्दै दक्षिण एसियाली महारथीको सानलाई कायमै राख्दा माल्दिभ्स भने रक्षात्मक हुन बाध्य भएको छ ।

महिला साफमा माल्दिभ्स अहिलेसम्म एकपटक पनि फाइनलमा पुगेको छैन । उसको सबैभन्दा ठूलो उपलब्धि भनेको २०१६ मा सेमिफाइनलमा पुग्नु हो । अरु संस्करणमा उसको यात्रा समूह चरणमा नै रोकिँदै आएको छ ।

यी दुई टिम साफमा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि २०१४ को संस्करणको पहिलो खेलमा यी दुई टिम खेल्दा भारतले आठ शून्यको जित निकालेको थियो ।

प्रतियोगिताअन्तर्गत भोलि (बिहीबार) बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।