८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

महिला साफ : डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत

महिला साफ : डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत
अ+ अ-

बिराटनगर । डिफेन्डिङ च्याम्पियन भारतले साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

विराटनगरको शहिद रंगशालामा आज (बुधबार) भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको हो । । भारतको जितमा सन्जुले दुई गोल गरिन् । ग्रेस डङमे, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले समान एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा नै ग्रेसले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । खेलको १३औं मिनेटमा सन्धियाले गोल गर्दै भारतलाई २–० गोलको अग्रता दिलाएकी थिइन् । त्यस्तै, खेलको २२औं मिनेटमा इन्दुमाथीले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् ।

खेलको २७औं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई ४ण्० गोलको अग्रता दिलाएकी थिइन् भने पहिलो हाफको अन्तिम समयमा रतनबाला देवीले गोल गर्दै पहिलो हाफसम्म भारतलाई ५–० गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा पाँच गोलको फराकिलो गोलअन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा आफ्नो दबाबलाई कायमै राखेपनि एक गोल मात्रै गर्न सफल भएको थियो । माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो ।

खेलको ९०औं मिनेटमा भारतका लागि सन्जुले गोल गर्दै ६–० गोलको जित दिलाएकी हुन् ।

यसअघिका सबै चार संस्करणको च्याम्पियन भारतले तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई दबाबामा राखेको छ । भारतले एकपछि अर्को आक्रमण बुन्दै दक्षिण एसियाली महारथीको सानलाई कायमै राख्दा माल्दिभ्स भने रक्षात्मक हुन बाध्य भएको छ ।

महिला साफमा माल्दिभ्स अहिलेसम्म एकपटक पनि फाइनलमा पुगेको छैन । उसको सबैभन्दा ठूलो उपलब्धि भनेको २०१६ मा सेमिफाइनलमा पुग्नु हो । अरु संस्करणमा उसको यात्रा समूह चरणमा नै रोकिँदै आएको छ ।

यी दुई टिम साफमा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि २०१४ को संस्करणको पहिलो खेलमा यी दुई टिम खेल्दा भारतले आठ शून्यको जित निकालेको थियो ।

प्रतियोगिताअन्तर्गत भोलि (बिहीबार) बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।