१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लयमा फर्कियो सर्वोच्चः ‘विद्रोही न्यायाधीश’ र कानून व्यवसायी आजबाट इजलासमा फर्किए



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामालाई प्रमुख मुद्धा बनाएर आन्दोलनरत ‘विद्रोही न्यायाधीश’ र कानुन व्यावसायीहरु इजलासमा फर्किएका छन् । 

जसअनुरुप ४० दिनदेखि प्रभावित रहेको सर्वोच्च पुनः लयमा फर्केको हो । गोला प्रक्रियाबाट इजलास तोकिँदा पनि कामु प्रधानन्यायाधीशको विवाद निकालेका न्यायाधीश र आन्दोलनकारी वकिल अन्ततः  इजलासमा फर्किएका हुन् ।

सर्वोच्च अदालतका सबै इजलासमा सबै प्रकारका मुद्दाको सुनुवाइ सुरू भएको छ । 

सर्वोच्चमा सुनुवाइका लागि  ११ वटा इजलास गठन भएकामा  नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।

सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका  रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको थिएन । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकामा  आज घर फर्किएका छन् ।