८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

प्याब्सनको अध्यक्षमा पुरी निर्वाचित

प्याब्सनको अध्यक्षमा पुरी निर्वाचित
अ+ अ-


काठमाडौँ: निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । 

बुधबार सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य भोजबहादुर शाहले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो ।

बन्दसत्रमा प्याब्सनका पूर्वअध्यक्ष शाहले प्याब्सनमा सबैलाई समेट्नका लागि सहमति गरिएको बताउनुभयो । विधान संशोधन गरी सहअध्यक्ष पद नयाँ सिर्जना गरी प्याब्सनमा सहमति गरिएको थियो । सहमति हुनुभन्दा अगाडि विधान संशोधन गरिएको थियो । अध्यक्षका अर्का प्रत्यासी ढुङ्गानालाई सहअध्यक्ष बनाइएको छ । 

प्याब्सनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, टिआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टङ्क भट्टराई, गोपालप्रसाद आचार्य र भरतबाबु कँडेल निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आरबी कटुवाल र किशोर गौतम, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित हुनुभएको छ । 

यस्तै सचिवमा मधु लोहनी, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, सङ्गीता सिलवाल, मदनकुमार आचार्य, राजेशकुमार दास र शिव कार्की, सहकोषाध्यक्षमा मिनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का र गणेशबाबु पोखरेले रहनुभएको छ । 

प्याब्सनको सल्लाहकारमा आशिष श्रेष्ठ र प्राज्ञिक सल्लाहकारमा राजकुमार महर्जन चयन हुनुभएको छ । यस्तै प्रदेश उपाध्यक्षमा प्रदेश नं १ मा नारायणप्रसाद घिमिरे, प्रदेश नं २ मा गोपाल कार्की, प्रदेश नं ५ मा विष्णु पन्थी, कर्णाली प्रदेशमा बलदेव कँडेल, सुदूरपश्चिम प्रदेशमा जगवीर थापा निर्वाचित हुनुभएको छ । 

पूर्वअध्यक्ष शाहले प्रदेश नं ३ र ४ तथा केन्द्रीय सदस्यको कार्यदलबाट सर्वसम्मत गर्ने जानकारी गराउनुभयो । कार्यदलका अर्का सदस्य राजेश खड्काले प्याब्सनलाई सहमति सहकार्यका रुपमा लैजान सर्वसम्मत गरिएको जानकारी गराउनुभयो ।

कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको थियो । प्याब्सनमा २५ पदाधिकारी र ४४ केन्द्रीय सदस्य रहने व्यवस्था छ । ती पदका लागि कूल १०३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।