८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायो: देवेन्द्र पौडेल

सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायो: देवेन्द्र पौडेल
अ+ अ-

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् ।
उनले भने,‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तरपनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ । कुनैपनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन् ।’
उनले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनको निम्ति संविधाप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए ।

उनले थपे,‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ, यतिवेला सरकारको भूमिका हुनुपर्दथ्यो । त्यसलेमात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं ।’
नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘जनतामा जागरण ल्याउनुपर्छ भनेपनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाईयो भने त्यसले स्वयम उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन् ।’

उनले परिस्थ्तििलाई ठिक–ठिक ढंगले बुझ्नुपर्ने धारणा राखे । पौडेलले थपे,‘यदि ठिक ढंगले परिस्थिति बुझन सकिएन भने यसले आँफैमाथि बज्रपात गर्न सक्छ। त्यसकाण उहाँलाई के भन्न चाहन्छौं भने आफ्ना कुराहरु खुल्ला प्रतिष्पर्धाको आधारमा र लोकतान्त्रिक विधिका आधारमा कुराहरुलाइ सशक्त रुपमा अगाडि बढाउनको निम्ति विशेष अनुरोध गर्न चाहन्छु ।’

राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा गर्नुपर्ने उनको भनाई छ । पौडेलले भने,‘त्यसको लागि सरकारले अन्तिम र अधिकतम प्रयत्न गर्नुपर्छ । त्यो प्रयत्न गर्दागर्दै पनि राज्यले तोकेको विधि र प्रणालीविपरित एकपछि अर्को वार्ता तथा सहमति तोड्दै जाने काम भयो भने राज्यले त्यतिवेला आफ्नो स्टेप लिन सक्छ ।’

उनले राज्यले नियन्त्रण गर्नै नसक्ने घट्नाहरु अहिले नघटेको पनि जिकिर गरे । ‘केही प्रकारका छिटपुट घट्नाहरु घटेका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ ।’ उनले पटक–पटक अहिलेको सिजन र अवस्था भनेको नै शान्तिपूर्ण प्रतिष्पर्धा भएको सुनाए ।
नेता पौडेलले थपे,‘हामीहरु अहिलेपनि हिजोका घाउहरु सुल्झाउने प्रयास गरिरहेका छौं । कतिपय पक्षले नेपाललाई द्वन्द्वको क्रिडास्थल बनाउन खोजिरहेका छन् । हामीले त्यसो गर्न दिनुहुँदैन् ।’
अझैपनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे । उनले भने,‘विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन्, विप्लव समूहले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ । यसको लागि बढि पहलकमदी राज्यले लिनुपर्छ ।

राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन् । वार्ता, सहमति र सम्वादको प्रक्रियाबाट उहाँहरु टेबुलमा आउनुपर्छ । एकपटक अवसर दिनुपर्छ । हतारमा निर्णय गर्नुभन्दा समस्यालाई गाँठो फुकाउनेगरि निर्णय गर्नुपर्छ ।’ उनले भने,‘जेसुकै भएपनि शान्ति र समृद्धिको बाटोमा बढ्नुछ । आवश्यक पर्यो भने संविधान संशोधन गर्नपनि सकिन्छ ।’

त्यस्तै उनले वर्तमान सरकारले जनताको चाहनाअनुसार प्रभावकारी काम गर्न नसकेको गुनासो पोखे । उनले भने,‘सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यक छ । हामी यो विषयमा गम्भिर छौं । जनताको गुनासो आउनु स्वभाविक हो ।’

पौडेलले सकेसम्म अहिले भएकै मन्त्रीहरुबाट काम प्रभावकारी बनाउने प्रयास गरिने नभए मन्त्रिमण्डल पूर्नगठन गरेर भएपनि सरकारको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले भने,‘सरकारको काम प्रवभाकारी बनाउनुपर्ने कुरा हामीले आवश्यकत्ता महशुस गरेका छौं ।’ त्यस्तै उनले पार्टीको एकीकरणको बाँकी रहेका कामहरु छिटोभन्दा छिटो संस्थागत रुपमा टुँगो लगाउन पनि आफूहरुले सार्वजनिक रुपमै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरिरहेको सुनाए ।

उनले भने,‘एकताको बाँकी काम सम्पन्न गर्न हामीले कार्यदल बनायौं, तर दुवै अध्यक्षले रिस्क मोलेर निर्णय नगर्दा कार्यदल विघटन भयो ।’

फरक प्रसँगमा उनले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने स्पष्ट पारे । उनले थपे,‘सिके राउतको विगतको गतिविधिलाई समिक्षा गर्दै नेपालको पछिल्लो शान्ति प्रक्रियासँग मेल खाने नाममा प्रदत्त अधिकारहरु खुल्ला राजनीति र प्रष्पिर्धामा उहाँलाई सहज वातावरण बनाउनेसहित ११ बुँदे सहमतिको पटाक्षेप भएको छ ।’
यदि सरकारसँग भएको सहमतिअनूरुपनै गतिविधिहरु भए भने ठिकै हुने उनको टिप्पणी छ । पौडेलले थपे,‘यदि सहमतिविपरित गतिविधिहरु भए भने सहमतिबारे पूर्नविचार गर्न बाध्य हुनुपर्छ । यदि सहमितअनुरुपनै अघि बढियो भने यो एक प्रकारले राजनीतिसँग अन्तरनिहित छ । त्यसकारणले त्यो सही छ ।’
गतिविधि अब कसरी अघि बढ्छन् ? भन्ने कुरा हेर्न बाँकी रहेको उनको भनाई छ । उनले थपे,‘अबका दिनले त्यो देखाउँछ । वार्ता, सहमति र सम्वादमार्फत र संविधानअनुसार सहमितमा ल्याउनु आँफैमा सही कुरा हो । त्यसकारण सरकारको तर्फबाट गरिएको उक्त सहमतिलाई हतार भएपनि एउटा सकारात्मक संकेतको रुपमा लिन्छु । ’

सरकार र राउतबीचको सहमति र विप्लवमाथि प्रतिबन्ध लगाउने यी दुवै प्रकरणमा सरकारले यति धेरै महत्व दिनुपर्ने स्थिति आफूले नदेखेको पनि पौडेलले सुनाए । उनले भने,‘यतिवेला सरकारले आफना कामहरु, विकास निर्माणका कामहरु, संविधान कार्यान्वयन गर्नुपर्ने कामहरु र

शान्तिप्रक्रियासँग सम्बन्धित रहेका बाँकी कामहरु दृढतापूर्वक गर्नसक्ने बलियो हैसियतमा सरकार छ । त्यहाँ कहीँ कतैबाटपनि अवरोध हुने, अप्ठ्यारो हुने छेडकान हुने अवस्था छैन् ।

अलि–अलि प्रतिपक्षका साथीहरुले कतिपय बेला र अरु कतिपय बेलामा कुराहरु उठाउनुहुन्छ, न कतैबाट अविश्वासको प्रस्ताव दर्ता हुने र गिने अवस्था छ, न त कहीँ कतैबाट रोकावट छ ।’
उनले सरकार अन्य विषयमा अल्झिनुभन्दापनि निर्वाचनका बेला जनतासामू गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गराउनतर्फ लाग्नुपर्ने सुझाए ।

उनले भने,‘मेरो व्यक्तिगत धारणा भन्नुहुन्छ भने यी अन्य विषयमा अल्झिनुभन्दा निर्वाचनको बेला गरेका प्रतिबद्धताहरु र जनअपेक्षित कामममा आफूलाई तिखारेर तिखो गरि सरकार अगाडि बढ्नु नै यतिवेलाको प्रमुख काम हो । तर, राज्यले भैपरिआएका कामहरु हल गर्दै जानु पनि स्वभाविक छ ।’