१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेसी



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ  सुरु हुन सकेको  छैन । सुनुवाइका लागि  ११ वटा इजलास गठन भएकामा  नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।

सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका  रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना हुनुभएकामा  आज घर फर्कनुभएको छ । (रासस)