१६ भाद्र २०८३, मंगलवार
,
Latest
प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : लिभरपुल क्वाटरफाइनलमा प्रवेश, साडियो मानेको दुई गोल



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति च्याम्पियन्स लिगको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा दुई टिमले गोलरहित बराबरी खेलेका थिए ।

लिभरपुलको जीतमा साडियो मानेले दुई गोल गरे । त्यस्तै, भर्जिल भान डेजकले गोल गरे । लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेपछि बायर्न म्युनिखले एक गोल उपाहार स्वरुप पाएको थियो ।

खेलको २६औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर ३९औं मिनेटमा लिभरपुलका माटिपले आत्मघाती गोल गर्न पुगेपछि बायर्नले १–१ गोलको बराबरी बनाएको थियो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकाएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । लिभरपुलका डेजकले ६९ औं मिनेटमा गोल गर्दै २–१ गोलको अग्रता दिलाए । त्यस्तै, ८४औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए ।