८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पेनाल्टीबाट गोल गर्दै रोनाल्डोको ह्याट्रिक

युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पेनाल्टीबाट गोल गर्दै रोनाल्डोको ह्याट्रिक
अ+ अ-

काठमाडौं । युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३–० गोल अन्तरले पराजित गर्दै इटालियन क्लब युभेन्टस क्वाटरफाइनलमा प्रवेश गरेको हो । युभेन्टसले समग्रमा एट्लेटिको मड्रिडमाथि ३–२ गोलअन्तरले जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा भने युभेन्टस २–० गोलअन्तरले पारजित भएको थियो ।

युभेनटसको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । युभेन्टसका लागि खेलको २७औं मिनेटमा रोनाल्डोले गोल गरे ।

त्यस्तै, ४९औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका रोनाल्डोले खेलको ८६औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा आठौं ह्याट्रिक पूरा गरेका छन् ।