१६ भाद्र २०८३, मंगलवार
,
Latest
प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्याटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब शाल्केलाई ७–० को फराकिलो गोलअन्तरले जित हात पार्दै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । सिटीले शाल्केमाथि समग्रमा १०–२ गोलअन्तरको जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा सिटीले ३–२ गोलको जित दर्ता गरेको थियो ।

सिटीको जितमा सर्जियो अग्युरोले दुई, लेरोय साने, रहिम स्टर्लिङ, बेर्नाल्डो सिल्भा फिल फोडेन र ग्याब्रियल जिससले समान १–१ गोल गरे । पहिलो हाफमा तीन गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।

अग्युरोले ३५औं र ३८औं मिनेटमा गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाएका थिए । त्यस्तै सानेले ४२औं मिनेटमा गोल गर्दै सिटीलाई पहिलो हाफसम्म ३–० गोलको अग्रता दिलाए ।

त्यस्तै, रहिमले ५६ औैं मिनेटमा, ७१ औ मिनेटमा सिल्भा, ७८औं मिनेटमा फोडेन र ८४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई जित दिलाए ।