१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामी बोकेको एम्बुलेन्सले प्रहरी चढेको गाडीलाई ठक्कर दिँदा ४ जना घाइते



अ+ अ-

नवलपरासी । नवलपरासीको सदरमुकाम कावासोतीमा बिरामी बोकेको नेपाल रेडक्रस सोसाइटी एम्बुलेन्सले प्रहरी चढेको गाडीलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

कावासोती–१६ को चालीस किलो जंगल नजिकै लु १ च ७४२५ नम्बरको एम्बुलेन्सले प्रहरी चढेको बा२झ १४६५ नम्बरको गाडीलाई ठक्कर दिएको थियो

दुर्घटनामा घाइते हुनेमा मध्यविन्दू–१० बस्ने ४८ वर्षीय आनन्द जैसी, ८१ वर्षीय दुलनाथ जैसी, ७४ वर्षीय मानकुमारी जैसी, र एम्बुलेन्स चालक ५१ वर्षीय खुमाकान्त न्यौपाने रहेका छन् ।

घाइतेहरुको अवस्था गम्भिर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।