१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्डमा बंगलादेशी क्रिकेट टोलीमाथि आक्रमण, खेलाडीलाई मार्न सुटर पठाएको दाबी



अ+ अ-

काठमाडौँ । न्यूजिल्याण्ड आक्रमणमा आफूहरु सुरक्षित रहेको बंगलादेशी क्रिकेट टोलीका सदस्यले बताएका छन् ।

न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट टोलीलाई पछ्याइरहेका एक पत्रकारले ट्वीट गरेका छन् हेगली पार्की नजिकको मस्जिदबाट टिम जोगिएर आएको छ । यहाँ एक सक्रिय सुटर छ ।

खेलाडी तमिम इकबालले पनि ट्वीट गरेर ‘पूरै टिम सक्रिय शुटरबाट जोगिएको’ जानकारी दिएका छन् ।

हाल बंगलादेशी क्रिकेट टोली न्यूजिल्याण्डको भ्रमणमा छन् ।

न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा थुप्रै हताहत भएको अनुमान छ । मृतकको एकिन तथ्यांक आइसकेको छैन तर डेली मेलले बालबालिकासहित कम्तिमा २७ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले आजको दिन न्यूजिल्याण्डका लागि कालो दिन भएको बताएकी छन् ।