१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी युरोपा लिगको क्वटरफाइनलमा प्रवेश, जिराउडको ह्याट्रिक



अ+ अ-

काठमाडौँ । चेल्सी युरोपा लिग फुटबलको क्वटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको दोस्रो लेगको खेलमा डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीले समग्रमा ८–० गोलको जित निकालेको हो । यसअघि चेल्सीले पहिलो लेगमा डाइनामो किभलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

चेल्सीको जितमा ओलिभियर जिराउडले ह्याट्रिक गोल गरे । त्यस्तै, मार्कस एलन्स र कलुम हुड्सन ओडोइले समान १–१ गोल गरे ।

जिराउडले पाँचौं मिनेटमा नै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यस्तै, उनले ३३ औं मिनेटमा अर्को गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा एलन्सले गोल गर्दै चेल्सीलाई पहिलो ३–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा ३–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । चेल्सीका लागि जिराउडले ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ७८औं मिनेटमा हुड्सनले गोल गरेपछि चेल्सीले डाइनामोलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।