१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगठनात्मक एकता टुंग्याउन प्रम ओली र प्रचण्डद्धारा नेपालसँग हारगुहार



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपाले पार्टीको संगठनात्मक एकताको प्रस्ताव २ अध्यक्षका अतिरिक्त वरिष्ठ नेता माधव नेपाललाई पनि समेटेर तयार पार्ने निर्णय गरेको छ । पार्टी भित्र अध्यक्षद्धय केपी ओली र प्रचण्डमाथि नेताहरुको असन्तुष्ट बढेपछि माधव नेपाललाई पनि समेटन लागिएको हो ।

नेकपामा ३ जेठमा पार्टी एकता भए पनि अझै तल्लो कमिटीसम्म एकता भएको छैन । एकता प्रस्ताव र पछिल्ला निर्णयमा पार्टीभित्र छलफलको वातावरण नबनेको भन्दै शीर्ष नेताहरूले नै बाम्बार असन्तुष्टि जनाउन थालेका छन् ।

एकता प्रक्रियालाई चाढै टुंग्याउन अध्यक्ष ओली–दाहाललाई जिम्मेवारी दिएपनि काम हुन सकेको छैन् । संगठनात्मक एकता १० महिनासम्म पनि नभएपछि वरिष्ठ नेता नेपाल, खनाल, सचिवालय सदस्य गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् ।

पूर्वएमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षको विवादले संगठनात्मक एकता प्रक्रिया अड्किएको थियो । पूर्वमाओवादी खेमामा भने विवाद नरहेकाले अध्यक्ष दाहालको निर्णय नै सर्वसम्मत जस्तै बन्दै आएको छ ।

असन्तुष्ट पक्षले यसमा चित्त नबुझाएपछि भने अब प्रस्ताव तयार पार्दा वरिष्ठ नेता नेपाललाई पनि छलफलमा सहभागी गराउन दुवै अध्यक्ष सहमत भएका छन् । बिहीबार असन्तुष्ट पक्षका नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतमसँग छलफलपछि यस्तो समझदारी बनेको हो ।

असन्तुष्टहरूले तत्काल पार्टी बैठक बोलाई एकता र सीके राउतसँगको सम्झौता तथा विप्लव माओवादीमाथिको प्रतिबन्ध लगाउने निर्णयमा छलफल गर्न माग गदै आएका थिए । बैठक बोलाउन दबाब दिन बुधबार असन्तुष्ट नेताले अध्यक्ष दाहालसँग भेट गरेका थिए ।

विप्लवको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउनुअघि पार्टीमा छलफल गर्नु उपयुक्त भए पनि तत्काल निर्णय गरिहाल्नुपर्ने परिस्थिति सिर्जना भएको प्रधानमन्त्रीले बैठकमा नेताहरूसँग ब्रिफिङ गरेका थिए