१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी विभागले आफ्नो कार्यालय समय १ घण्टा बढायो



अ+ अ-

काठमाडौँ । राहदानी विभागले आफ्नो कार्यालय समय १ घण्टा बढाएको छ । सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै उसले १०–५ को कार्यालय समयमा पुनरावलोकन गरेको हो ।

सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ ।पहिले पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म थियो । तर यो वर्षको सुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म बनाएको थियो ।

शुक्रबार भने ३ बजेसम्म सेवाप्रवाह हुने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।थपिएको समयले सेवाप्रवाहमा सुधार आउने विश्वास महानिर्देशक खड्काले व्यक्त गरे ।

सरकारले हाल देशभरका जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।