१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको शक्तिमा रहेका महिला भेलाका लागि न्यूर्योक गएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै छिन् ।

कतारबाट कनेक्टिङ फ्लाईट मार्फत राष्ट्रपति सहितको नेपाली टोली दिउँसो साढे तीन बजे काठमाडौं आईपुग्ने छिन् ।। न्युर्योक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले शक्तिमा रहेका महिला भेलामा सम्बोधन गरेकी थिइन् ।

परिषद्को मन्त्रिस्तरीय बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सहभागी भएकी थिइन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज, राष्ट्रसंघ महासभा सभापति मारिया फर्नान्डा तथा एष्टोनिया र क्रोयसियाका समकक्षीसँग पनि भेट गरेकी थिइन् ।