१६ भाद्र २०८३, मंगलवार
,
Latest
प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारबाट हलमा तीन नयाँ फिल्म



अ+ अ-

काठमाडौँ । आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएका छन् । फिल्महरु ‘जानी नजानी’, ‘पुरानो बुलेट’ र ‘द म्यान फ्रम प्रदर्शनमा आएका हुन् ।

रिलिज भएका फिल्मले ब्यवसाय गर्न नसकेको पनि एकसाथ तीन फिल्म हलमा लागेका हुन् ।

पुरानो बुलेट’

अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई हुन् ।भिषण राईको निर्देशन रहेको ‘पुरानो बुलेट’ यो फिल्म प्रेमकथा विषय बनाएको छ ।

‘द म्यान फ्रम काठमाडौँ’

यो ५ करोड लगानी बनेको नेपालमा सुटिङ भएको पहिलो अङ्ग्रेजी फिल्म हो । पेमा धोन्डुपको निर्देशन रहेको फिल्ममा बलिउड कलाकार गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको अभिनय छ ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा बोल्ने निर्माण युनिटले जनाएको छ ।

‘जानी नजानी’

प्रेमकथामा आधारित फिल्म ‘जानी नजानी’ मुलुकका ७४ पर्दामा एकसाथ रिलिज भएको निर्माण युनिटले जनाएको छ ।

‘जानी नजानी’ बसन्त अधिकारीले निर्देशन गरेका हुन् । मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको फिल्ममा मुख्य भुमिका रहेको छ ।