१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारबाट हलमा तीन नयाँ फिल्म



अ+ अ-

काठमाडौँ । आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएका छन् । फिल्महरु ‘जानी नजानी’, ‘पुरानो बुलेट’ र ‘द म्यान फ्रम प्रदर्शनमा आएका हुन् ।

रिलिज भएका फिल्मले ब्यवसाय गर्न नसकेको पनि एकसाथ तीन फिल्म हलमा लागेका हुन् ।

पुरानो बुलेट’

अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई हुन् ।भिषण राईको निर्देशन रहेको ‘पुरानो बुलेट’ यो फिल्म प्रेमकथा विषय बनाएको छ ।

‘द म्यान फ्रम काठमाडौँ’

यो ५ करोड लगानी बनेको नेपालमा सुटिङ भएको पहिलो अङ्ग्रेजी फिल्म हो । पेमा धोन्डुपको निर्देशन रहेको फिल्ममा बलिउड कलाकार गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको अभिनय छ ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा बोल्ने निर्माण युनिटले जनाएको छ ।

‘जानी नजानी’

प्रेमकथामा आधारित फिल्म ‘जानी नजानी’ मुलुकका ७४ पर्दामा एकसाथ रिलिज भएको निर्माण युनिटले जनाएको छ ।

‘जानी नजानी’ बसन्त अधिकारीले निर्देशन गरेका हुन् । मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको फिल्ममा मुख्य भुमिका रहेको छ ।