१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायातमा छुटको माग गर्दै विद्यार्थीहरु आन्दोलमा



अ+ अ-

कैलाली । सार्वजनिक यातायातमा छुटको व्यवस्था कार्यान्वयनको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । सहरी क्षेत्रमा यातायतमा ४५ प्रतिशत छुट दिने भएपनि कैलालीमा कुनै छुटको व्यवस्था नभएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।

टीकापुरमा बिरेन्द्र विद्या मन्दिर स्ववियूकोे आयोजनामा विद्यार्थी परिचयपत्रका आधारमा भाडा छुट दिनुपर्ने भन्दै आइतवार दुई घण्टा चक्काजाम गरेका हुन् । विद्यार्थी परिचयपत्रका आधारमा भाडा छुट पाउनु पर्ने भएपनि यातायातमा नदिने गरेका सडकमा उत्रिएको स्ववियु सभापति धनन्जय रिमामले जानकारी दिए ।

विद्यार्थीका मागहरुको समयमैै सुनुवाइ नगरे शसक्त आन्दोलन गर्ने र सार्वजनिक यातायात पुर्ण रुपमा ठप्प पार्ने समेत रिमालले चेतावनी दिए ।