१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सयौं थुंगा’ गाउँदै सिके राउतको बैठक शुरु, नेपाली नागरिकता अनिवार्य !



अ+ अ-

लाहान । ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएसँगै सिके राउत समूहले बैठक शुरु गरेका छन् । पूर्वपृथकतावादी नेता राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’ को राष्ट्रिय परिषद बैठकमा राष्ट्रिय गानबाट बैठक शुरु गरेका हुन् ।

पञ्चकन्या लाहानमा आईतबार बैठकको लागि राउत पनि पुगेका थिए । बैठक शरु हुनुभन्दा अगाडि राष्ट्रिय गान गाउने मेलेमोसो चल्दै थियो । बैठकको सुरुवातमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएसँगै राउत समूहले बैठक शुरु गर्याे ।

सिरहाको लहानमा आइतवार अपरान्ह शुरु भएको दुई दिने बैठकका सहभागीहरुलाई नेपाली नागरिकता देखाउन अनिवार्य गरिएको छ ।