• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल

सरकारी जग्गा जोगाउन सरकार किन फेल ?, भद्रपुरमा पनि रचे क्या हो आफू मोटाउने खेल ?



भद्रपुर । सरकारी उदासिनताले सरकारी जग्गा तथा भवनहरू अतिक्रमण हुने क्रम बढ्दै गइरहेको छ । पछिल्लो तीन दशकयता उपयोगमा नल्याइएका खाद्य संस्थानको मातहतका जग्गा तथा भवनहरू संरक्षणमा चासो नदिइदा अतिक्रमणमा पर्न थालेका हुन् ।

कृषि उपज खरिद–बिक्री गर्न सरकारले संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएका भद्रपुरमा रहेका ३ वटा ठूला भवन तथा गोदाम घर तीन दशकदेखि प्रयोगविहीन बनेका छन् । यी भवन गाई बाख्राका चरण स्थल तथा थलाका रूपमा रुपान्तरण भइ रहे पनि सरकारी चासोको विषय बन्न नसक्दा दुरुपयोग हुन थालेका हुन् ।


मेची अञ्चलका पूर्वी पहाडी जिल्लामा खाद्यान्न आपूर्तिको लागि झापाको सदरमुकाम चन्द्रगढीमा नेपाल खाद्य संस्थानले निर्माण गरेका खाद्य गोदाम प्रयोगविहीन बन्दा सरकारले संरक्षणमा चासो दिएको छैन । तीन दशकदेखि नियमित प्रयोगमा आउन नसकेका यी गोदामघर कहिले खेल हल, कहिले नाटक प्रदर्शन स्थल त कहिले मौसमी कार्यक्रम स्थल बनाइएर दुरुपयोग गरिने गरेका छन् । २०४४ सालतिर बिर्तामोडमा खाद्य भवन निर्माणसँगै संस्थानको कार्यालय सरेपछि चन्द्रगढीमा रहेका दुईवटा गोदाम घर पूर्ण रूपमा प्रयोगविहीन बनेका हुन् । बिर्तामोड कार्यालय सरिनु अगाडि चन्द्रगढीमा नै संस्थानको कार्यालय रहेको थियो । संस्थानका सम्पूर्ण काम यहीबाट हुँदा भवन तथा गोदाम घर प्रयोग हुने गरेका थिए ।


करिब दुई बिघा क्षेत्रफलभित्र रहेका २ ठूला भवनमा खाद्य र एउटा कृषि सामग्री राखिने गोदाम घर संस्थानको मातहतमा रहेका छन् । यी भवन उचित संरक्षण नहुँदा जीर्ण बन्दै गएको अवस्था छ । छानो लगाइएका जस्तापाता पुरानो हुँदा वर्षाको समयमा पानी चुहिन थालेको छ भने झारपात उम्रेर भवन आसपासको वातावरण घिनलाग्दो देखिएको छ । सदरमुकाममा रहेका अन्य सरकारी कार्यालयहरू धमाधम आधुनिक शैलीमा निर्माण भइरहेका छन् । तर खाद्य आपूर्ति तथा खाद्य भण्डारण गर्ने गोदाम भने नाजुक बनेको दृष्यले सरकारको ध्यान नगएको देखाउँछ ।

विशेषगरी मेची अञ्चलका इलाम, ताप्लेजुङ, पाँचथर जिल्लाका नागरिकलाई लक्षित गरी स्थापना गरिएका गोदाम पछिल्लो समय प्रयोगविहीन बनेका हुन् । सबै क्षेत्रमा यातायात र सडक सञ्जालले गर्दा उपभोग्य सामग्री पुग्न थालेपछि गोदाम प्रयोगविहीन बन्न पुगेको जानकारहरू बताउँछन् । बिर्तामोडमा कार्यालय सरेपछि चन्द्रगढीमा रहेको एउटा भवनमा प्रहरी प्रशासन, उद्योगीलगायत उच्च दर्जाका व्यक्तिले ब्याडमिण्टन खेल्ने र कृषि सामग्री संस्थानको भवनमा उसु प्रशिक्षण सञ्चालन गरिएको थियो ।

लगभग २० वर्षजति खेलमैदानमा परिणत भएको स्थानीय बताउँछन् । २०७२ सालको भूकम्पमा बङ्गलादेशबाट आएका भूकम्प पीडितका राहत सामग्री राखेपछि ब्याडमिण्टन बन्द भएको थियो । अर्को भवनलाई निर्वाचन कार्यालयले भाडामा लिएको थियो । निर्वाचन सम्पन्न भइसकेको र हाल राहत सामग्री पनि वितरण भइसकेको अवस्था छ ।

यी भवनमा कृषकबाट सङ्कलित धान, गहुँ, चामल सरकारले खरिद गरी पहाडीक्षेत्रमा सहुलियतमा बेच्न जम्मा गरिने गथ्र्यो । तर, यी भवन तीन दशकयता नाममा सिमित हुन पुगेको अवस्था छ । प्रयोग विहीनसरकारी भवनलाई अन्य विकल्पका रूपमा प्रयोग गरे सदुपयोग हुने स्थायीको भनाइ छ ।