१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

प्रहरीको इन्काउन्टर : घटनाको विषयमा विज्ञ समूह, सबै घटनाको एकैसाथ अनुसन्धान

प्रहरीको इन्काउन्टर : घटनाको विषयमा विज्ञ समूह, सबै घटनाको एकैसाथ अनुसन्धान
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चारवटा इन्काउन्टर घटनालाई एकै ठाउँ राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । एकपछि अर्को गरी इन्काउन्टर घटना दोहोरिन थालेपछि आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो । देशका विभिन्न ठाउँमा भएका चारवटा इन्काउन्टर घटनाको विषयमा विज्ञ समूह गठन गरेर अनुसन्धान थालिएको हो ।

प्रहरीले गरेको इन्काउन्टरका विषयमा पीडित परिवारको उजुरी परेपछि आयोगले सबै घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान थालेको आयोग सदस्य गोविन्द पौड्यालले जानकारी दिए । ‘प्रहरीले गरेको इन्काउन्टर एकै किसिमको देखिन्छ,’ आयोग सदस्य पौड्यालले भने, ‘समान प्रकृतिको घटना भएकाले सबैलाई एकै ठाउँमा राखेर अध्ययन तथा अनुसन्धान भइरहेको छ ।’

आयोगले अब एक महिनामा सबै घटनाको इन्काउन्टरको रिपोर्ट सार्वजनिक गर्दै घटनामा दोषी ठहर भएमा कारबाहीका लागि सरकारसमक्ष सिफारिस गर्ने आयोग सदस्य पौड्यालले बताए ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न आयोगले विज्ञ समूह गठन गरिसकेको छ । निःशस्त्र अवस्थामा रहेको व्यक्तिले गोली कसरी चलाउन सक्छन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

‘घटना कसरी हुन गयो भनेर त्यहाँको वस्तुस्थितिको पनि अनुसन्धान हुनेछ,’ सदस्य पौड्यालले भने, ‘व्यक्तिलाई नियन्त्रण गर्न सक्ने अवस्था थियो कि थिएन, गोली हान्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा पनि अनुसन्धान हुनेछ ।’

इन्काउन्टर भनेर निःशस्त्र अवस्थामा व्यक्तिको हत्या राज्यले गर्न पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा पीडित परिवारले उजरीमा प्रश्न उठाएको र परिवारले उठाएका सबै प्रश्नलाई ध्यानमा राख्दै आयोगले सूक्ष्म अनुसन्धान थालेको पौड्यालले बताए ।

भक्तपुरमा अपहरण गरी बालकको हत्या गर्ने दुई युवाको इन्काउन्टरका विषयमा आयोगले फोरेन्सिक र ब्यालेस्टर विशेषज्ञको सल्लाह लिने काम गरिरहेको छ । विशेषज्ञ टोली गठन गरेर आयोगले सबै घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । इन्काउन्टर घटनाको अनुसन्धानका लागि नास्टका दिनेश झाको नेतृत्वमा तीन सदस्य विज्ञ समिति गठन गरेको आयोगले जनाएको छ । अनुसन्धान टोलीको सदस्यमा पूर्वसहन्यायाधीवक्ता नरेन्द्र पाठक र पूर्वएआईजी विज्ञानराज शर्मा छन् ।

चार वर्षअघि २१ साउन २०७१ मा काठमार्डौको भीमढुंंगामा प्रहरी इन्काउन्टरमा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ मारिए । राजनीतिको आडमा संगठित अपराधमा संलग्न गुन्डा नाइकेको सफाइ गर्ने उद्देश्यले प्रहरीले इन्काउन्टर गर्यो । प्रहरीको इन्काउन्टरपछि अधिकारी परिवारले व्यक्तिलाई निःशस्त्र अवस्थामा समातेर मारेको भन्दै अनुसन्धान माग गर्दै मानवअधिकार आयोगमा उजुरी दिएका थिए ।

दोस्रो इन्काउन्टरको सिकार बनाइएका गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैटे’ लाई काठमाडांैको सामाखुसीमा ३ भदौ २०७२ मा मारियो । उनले आफूलाई प्रहरीबाटै असुरक्षा भएको भन्दै मारिनुभन्दा एक महिनाअघि नै मानवअधिकार आयोगमा उजुरी दिएका थिए । उजुरी दिएको एक महिनामा प्रहरीको इन्काउन्टरमा श्रेष्ठ मारिए । प्रहरीले आफूहरूमाथि गोली प्रहार गरेकाले जवाफी कारबाहीमा श्रेष्ठ मारिएको दाबी गर्दै आएको छ । घटना भएको समयमा प्रत्यक्षदर्शी दुईजना घाइते भएका छन् । श्रेष्ठ परिवारले प्रहरीले पक्राउ गरेर हत्या गरेको भन्दै प्रहरी अधिकारीविरुद्ध आयोगमा छानबिनका लागि उजुरी दिएको छ ।

भक्तपुरमा ११ वर्षीय बालक निसान खड्काको अपहरणपछि हत्यामा संलग्न दुईजनालाई गरेको इन्काउन्टरको विषयमा आयोगले अनुसन्धान अगाडि बढाएको छ । अपहरणपछि हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङको इन्काउन्टरपछि परिवारले मानवअधिकार आयोगमा प्रहरी अधिकारीमाथि छानबिन तथा अनुसन्धान गर्न उजुरी दिएको आयोगका सदस्य पौड्यालले बताए । ‘घटनाको प्रकृति सबै समान किसिमका देखिन्छन्,’ आयोग सदस्य पौड्यालले भने, ‘घटनास्थलको मुचुल्का, प्रत्यक्षदर्शीको भनाइ र पोस्र्टमार्टम रिपोर्टसमेत आयोगले अनुसन्धान गर्न लागेको छ ।’

त्यस्तै, २३ साउन २०७४ मा ललितपुरको कुसुन्तीमा लागूऔषध कुलतमा फसेका युवक प्रवीण खत्रीको इन्काउन्टर घटनाको विषयमा पनि आयोगले अनुसन्धान अगाडि बढाएको छ । राजधानी दैनिकमा खबर छ ।