११ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीन कार्यालयमा सत्तारुढ विद्यार्थी संगठनको तालाबन्दी



अ+ अ-

काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयमा सत्तारुढ विद्यार्थीहरु र स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ ।

पोखरास्थित गण्डकी मेडिकल कलेज र किष्ट मेडिकल कलेजले विद्यार्थीहरुबाट फिरौतीको शैलीमा रकम असुलेको विषयमा विश्वविद्यालय र डीन कार्यालय मौन बसेको भन्दै अखिल र अखिल (क्रान्तिकारी) र स्ववियुले मंगलबार डीन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारले काठमाडौँ बाहिरका मेडिकल कलेजका लागि एमबीबीएसका विद्यार्थीसँग ४२ लाख ४५ हजार तोकेको भए पनि गण्डकी मेडिकल कलेजले रसिदविनै १० देखि १५ लाखसम्म बढी रकम लिएपछि विद्यार्थी निरन्तर आन्दोलनमा छन् ।

७२ घण्टाभित्र माग पूरा नभए त्रिवि उपकुलपतिको कार्याल र डीन कार्यालयमा डीनलाई प्रवेश निषेध गर्ने र विश्वविद्यालयका पदाधिकारी र डीनको राजीनामा माग्ने चेतावनी विद्यार्थीले दिएका छन् ।